पुस ११, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशन तय भएको कार्यतालिका अव्यवहारिक भएको र यसअवधिमा सम्पन्न गर्न नसकिने बताएका छन् ।
जारी कार्यसम्पादन समितिको बैठकमा उनले पार्टी निर्वाचनमा लागि सकेको बताउँदै पार्टी महाधिवेशन वैशाख गर्नु उपयुक्त हुने बताएका हुन् ।
असोज २८ गतेदेखि ४५ दिनसम्म चलेकोल केन्द्रीय समिति बैठकमा पनि यादवले ०८२ वैशाख २७-२९ गतेका लागि महाधिवेशन प्रस्ताव गरेका थिए ।
तर, मंसिर १६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६-२८ को प्रस्ताव पारित गरेको थियो ।
‘मैले त्यसबेला सोचविचार गरेर फेयर अधिवेशन हुने गरी कार्यतालिका पेस गरेको थिएँ । त्यसबेला साथीहरू मान्नु भएन । सारा शक्ति निर्वाचनमा लगाइसक्यौं । क्रियाशील फारम जिल्ला जिल्लाबाट आएकै छैनन्,’ उनले भने, ‘प्राक्टिल कुरा गरौं, क्रियाशील फाइनल नभई अधिवेशन हुँदैन । पहिले क्रियाशील फाइनल भएर वडाबाट सुरू भएर केन्द्रीय अधिवेशन हुन्छ ।’
उनले विशेष महाधिवेशन नहुने पनि बताए । ‘नियमित महाधिवेशनमा हामी लागेका छौं । विशेष महाधिवेशन हुँदैन, नियमित महाधिवेशन नै हुन्छ,’ उनले भने ।
उनले क्रियाशीलको सिस्टम लक नहुने र छुटेकाले फारम भर्न सक्ने पनि बताए ।
प्रतिक्रिया 4