+
+
Shares

निर्वाचनका गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १६:२८

११ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ ।

निर्वाचनका गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमहरूसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो ।

आयोगमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचनाहरू एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताए ।

सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवर्द्धन केन्द्र स्थापना गरिएको पनि बताए ।

‘अहिले सूचनाको स्रोत धेरै भयो । सामाजिक सञ्जालमार्फत आउने सूचनाहरूको सेन्सर गर्ने कुनै निकाय नै नभएको कारण व्यक्तिगत विचारहरू समेत सिधै अडियन्ससम्म पुग्ने भएको कारण त्यताबाट समेत सकारात्मक र सही सूचना प्रवाह होस् भन्नको लागि त्यस्ता कुराको सत्यतथ्य बुझ्ने, सरोकारवाला निकायहरूसँग समन्वय र सहजिकरण्न गर्ने प्रयोजनको लागि सूचना सदाचार प्रवर्द्धन केन्द्र स्थापना गरेका छौं,’ उनले भने, ‘यो चाँही खासगरी रेडियो टेलिभिजनभन्दा पनि सोसियल मिडियासँग केन्द्रित छ । मिडिया सेन्टरले यहाँका कुराहरू बाहिर लैजाने, सञ्चारमाध्यमहरूलाई सत्य समाचार उपलब्ध गराउने, पत्रकार सम्मेलन गर्ने लगायत कार्य गर्नेछ जुन विगतदेखिकै अभ्यास हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?