News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
- लिभरपुलका रायन ग्राभनबर्क र फ्लोरियन विट्जले एक-एक गोल गरे भने वुल्भ्सका सान्टियागो बुएनोले एक गोल फर्काए।
- चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग २-१ गोलअन्तरले पराजित भएको छ र भिल्ला तेस्रो स्थानमा छ।
१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वुल्भसलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा रायन ग्राभनबर्क र फ्लोरियन विट्जले १-१ गोल गरे । वुल्भ्सका सान्टियागो बुएनोले गरेको गोल सान्त्वना बन्यो ।
खेलको ४१औं मिनेटमा ग्राभनबर्कको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै विट्जले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५१औं मिनेटमा बुएनोले वुल्भ्सका लागि गोल फर्काएपनि त्यसपछि कुनै गोल भएनन् ।
जितपछि लिभरपुल १८ खेलमा ३२ अंक जोडेर चौथो स्थानमा छ । वुल्भ्स २ अंकसहित २०औं स्थानमा छ ।
चेल्सी पराजित
गएराति नै भएको अर्को खेलमा चेल्सी भने पराजित भएको छ । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २-१ गोलअन्तरले पराजित भएको हो ।
खेलमा सुरुवाती अग्रता लिएपनि चेल्सीले जोगाउन सकेन। ३७औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ६३औं र ८४औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई पुनरागमन जित दिलाए ।
जितपछि भिल्ला १८ खेलमा ३९ अंकसहित तेस्रो स्थानमा यथावत् रहँदा चेल्सी २९ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया 4