+
+
Shares

बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक

नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उनी आज बयानका लागि सिंहदरबार पुगेका हुन् ।

आयोगको पत्रपछि आफू बयान दिन जाने जानकारी लेखकले यसअघि नै पार्टीलाई गराइसकेका थिए ।

उनले बयान सकिएलगत्तै पत्रकार सम्मेलन पनि गर्दैछन् । जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै लेखकले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?