News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन सिंहदरबारस्थित कार्यालय पुगेका छन्।
- जेनजी आन्दोलनको क्रममा धनजनको क्षतिमा तत्कालीन गृहमन्त्री लेखकसँग आयोगले बयान लिन लागेको हो।
- सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जेनजी आन्दोलनको घटना छानबिनका लागि आयोग गठन गरेको छ।
१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको धनजनको क्षतिमा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकसँग आयोगले बयान लिन लागेको हो ।
सरकारले जेनजी आन्दोलनको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।
तस्बिर- विकास श्रेष्ठ/अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4