१४ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताएका छन् ।
सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा उनले पर्यटन उद्योगलाई उद्योगको रुपमा पाउनुपर्ने औद्योगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई हाल भएको कानुनले नदिएको उल्लेख गरे ।
उनले हाल ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकहरूले होटलहरू खचाखच भरिएको बताए । आन्तिरिक पर्यटनलाई सुविधाजनक बनाइदिए अझै यो बढ्ने उनको भनाइ छ ।
‘हिजोआज ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटनकहरूले होटलहरू खचाखच भरिएको अवस्था छ । अहिले आन्तिरिक पर्यटनलाई अलिकति सुविधाजनक बनाइदिने हो भने जस्तो कर्पोरेट सोसल रेस्पोन्सिलिटी अन्तर्गत पारेर आन्तरिक पर्यटनमा भएका खर्चहरूमा करको मिनाहा गरिदिने हो भने त्यसले हामीलाई धेरै हदसम्म सहयोग पनि हुन्थ्यो भनेर पर्यटक व्यवसायीहरूले आफ्नो कुरा राख्नुभएको छ,’ मन्त्री सिन्हाले भने, ‘अहिले हामी पर्यटन उद्योग भनेर भनेका छौँ तर उद्योगको रुपमा पाउनुपर्ने औधोगिक व्यवसाय ऐनका सुविधा पर्यटन उद्योगहरूलाई दिएको देखिएको छैन । यो हामीसंग भएको कानूनले ।’
प्रतिक्रिया 4