+
+
Shares

दलहरूबाट निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौं : मन्त्री सिन्हा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:१५

८ पुस, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन् ।

मंगलबार नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको अनुगमनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सिन्हाले यस्तो बताएका हुन् । निर्वाचनको वातावरण अझ सुदृढ बनाउन सरकार राजनीतिक दलहरूलाई निर्वाचनको सन्देश तल्लो तहसम्म प्रभावकारी रुपमा प्रवाह गर्न आग्रह गरिएको पनि मन्त्री सिन्हाले बताए ।

‘प्रत्येक दलहरूको सम्पर्क तल्लो तहसम्म पनि भएको कारण उहाँहरूले एकपटक निर्वाचनको बारेमा बोलिदिनुभयो भने त्यो इको समेत तल्लो तहसम्म पुग्छ । त्यसो भएको हुनाले दलहरूको माध्यमबाट चुनावको वातावरण अझै बन्नसक्छ भन्ने कुराहरू हामीले उहाँहरूलाई भनेका छौं । निर्वाचन आयोग र सरकारले समेत निर्वाचनको तयारीका लागि आयोजना गरेका छलफलहरूमा समेत सबै राजनीतिक दलहरूलाई बोलाउने गरेका थियौं,’ उनले भने, ‘अब हामी मुख्य राजनीतिक दलहरूको कार्यालयमै गएर उहाँहरूसँग छलफल गर्ने र उहाँहरूको जिज्ञासाहरू छन् भने ती जिज्ञासाहरूलाई सरकारसमक्ष लिएर जाने जिम्मेवारी लिएर हामी हिंडिरहेको अवस्था छ ।’

दलहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको जिज्ञासा संकलन गरी सरकारसमक्ष लैजाने जिम्मेवारी स्वरुप आफूहरू छलफल गरिरहेको समेत उनको भनाइ छ । सरकार र जेनजी युवा पुस्ता समेत निर्वाचन गर्नुपर्ने मनसायका साथ अगाडि बढिरहेको उनले जाकारी गराए ।

‘भदौ २३, २४ को जुन दुभार्ग्यपूर्ण  अवस्था आउनुमा धेरै आयामहरू छन् । सबै वर्गको संयुक्त आवाज लिएर उहाँहरूले आन्दोलनमा आउनुभएको अवस्था थियो । कुनै एउटा मात्र राजनीतिक दल भएको भएपनि एउटै कुरामा अडिग भएर बस्न सक्नुहुन्छ । तर जेनजी समूहहरूसँग हामी जुन छलफल गरिरहेका छौँ त्यसमा उनीहरूको विभिन्न मागहरू आउनु स्वभाविक कुरा नै हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?