+
+
Shares

निर्वाचनको विकल्प छैन : मन्त्री सिन्हा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:१३
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

निर्वाचनबारे सरकारसँग निर्वाचन आयोगले मंगलवार गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको उनले बताए ।

निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरू प्रतिनिधि सभामा पठाउन सोच्नुपर्ने पनि बताए ।

‘निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न कानूनमा संशोधन गर्न आवश्यक छ भने अध्यादेशको माध्यमबाट लिएर आउनुस्, निर्वाचनलक्षित अध्यादेश ल्याउनुहोला । त्यही रुपमा हामी हेर्नेछौँ, किनभने निर्वाचनको विकल्प छैन,’ मन्त्री सिन्हाले भने, ‘अब राजनीतिक दलहरुसँग पनि निर्वाचनको लागि वातावरण बन्दै गएको अवस्था हामीले देखेका छौँ । निर्वाचन आयोगलाई त्यसको लागि धन्यवाद र बधाई छ । निर्वाचनलाई अघि बढाउने र प्रभावकारी रुपमा भयरहित तवरबाट सम्पन्न गर्नको निमित्त हामी तयार छौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?