१६ पुस, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघको महासचिव पदका लागि भवनाथ हुमागाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल सचिव पदमा कार्यरत हुमागाईंले महासचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
संघको आगामी पुस २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ ।
नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा म विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको हुमागाईंको भनाइ छ ।
संस्थालाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७०० भन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।
संघको केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुन: सुचारु लगायतका कार्यमा उनले भूमिका निर्वाह गरेका थिए ।
अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन लाग्ने उनले उम्मेदवारी घोषणा गर्दै बताएका छन् ।
प्रतिक्रिया 4