काठमाडौं । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ ।
‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्वममा समेत गीत गाएकी शाक्यले आज भन्दा करीब २२ वर्ष अघि ‘शिरीष’ एल्वम निकालेकी थिइन् ।
त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि उनी गीत/संगितको यात्राबाट मोडिएकी थिइन् ।
करिब २२ वर्षको अन्तरालमा फेरि ‘मेरो गीत भित्र’ म्युजिक भिडियो लिएर शाक्य गीत/संगितको क्षेत्रमा फर्किएकी हुन् ।
‘मेरो श्रीमान (डाक्टर अजयक्रान्ति) मात्रै होइन उहाँको परिवार नै गीत/संगित र सहित्यप्रति बढी रुचि राख्ने परिवार हो । दाई (श्रीमानको दाई) नेपाल टेलिकमबाट अवकाश लिनु भएका इञ्जिनियर सञ्जय शाक्य पनि गीत/संगित भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । म पनि उहाँलाई शब्दहरु कोर्न उत्साह भरिरहन्थे,’ उनले भनिन्, ‘उहाँलाई राम्रो शब्द कोर्नुभयो भने मलाई तपाईँका शब्दमा संगित भर्ने मात्रै होइन गीत पनि गाउने रहर छ भने उहाँ थप उत्साहित भएर मेहनतका साथ गीतका शब्द कोर्न थाल्नुभयो ।’
पटकपटकको प्रयासपछि उहाँले तयार पार्नुभएका शब्दले तानेपछि ‘मेरो गीत भित्र कुन शब्द राखौँ, किन तिमी छदैँ अरुलाई सोधौँ’ गीत रेकर्ड गर्ने हुटहुटी जागेको र म्युजिक भिडियो निकाल्न सफल भएको शाक्यले जानकारी दिइन् ।
कलाकार सरोज खनाल र पूर्व मिसनेपाल उषा खड्गीको अभियनय रहेको यो गीतमा डाक्टर शाक्यको स्वर रहेको छ भने संगित डाक्टर अन्जान र इञ्जिनियर सञ्जयको रहेको छ । शब्द सञ्जय शाक्यका रहेका छन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।
प्रतिक्रिया 4