+
+
Shares

आफ्नाविरुद्धका सबै मुद्दा फिर्ता गर्न प्रसाईंको माग

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग राखेका छन्।
  • प्रसाईंले १५ चैत र २४ भदौका घटनामा चलाइएका मुद्दा फिर्ता गर्न र कसैलाई कालोसूचीमा नराख्न माग गरेका छन्।
  • प्रधानमन्त्रीसहितको वार्तामा प्रसाईंले जेनजीका मुद्दा पनि छलफलमा ल्याएको स्रोतले बताएको छ।

१७ पुस, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईंले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीसहितको उपस्थितीमा भएको वार्तामा प्रसाईंले १५ चैतको घटनाका बारेमा आफूलाई चलाइएका मुद्दा र अन्य मुद्दाहरू समेत फिर्ता गर्न माग राखेको स्रोतले बतायो । ‘उहाँले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न माग राख्नु भएको छ । यो सँगै जेनजीका मुद्दाहरुका विषयमा पनि कुरा उठाउनु भएको छ’ स्रोतले भन्यो ।

आफ्ना मुद्दा फिर्ता गर्न माग राखेका प्रसाईंले २४ भदौको घटनामा जेनजीहरुलाई पक्राउ गर्दै मुद्दा चलाइएका त्यो पनि फिर्ता गर्नुपर्ने माग वार्तामा राखेका छन् ।

त्यसैगरी कसैलाई पनि कालोसूचीमा नराख्न प्रसाईंले माग गरेका छन् । ‘अब यो सरकारसँग धेरै माग त के राख्नु, जोगीसँग हात्ति मागेजस्तो हुन्छ । मुद्दा फिर्ता लिनुस्, कसैलाई पनि कालोसूचीमा नराख्नुस्’ प्रसाईंले वार्तामा राखेको मागबारे स्रोतले जानकारी गरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?