News Summary
Generated by OK AI. Editorially reviewed.- ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन्द्र शाहबीचको सहमतिलाई राजनीतिक व्यापार भनेका छन्।
- प्रसाईंले ७० लाख सहकारीपीडितले न्याय पाउनुपर्ने विषय किन एजेन्डामा नरहेको प्रश्न उठाएका छन्।
- उनीहरूले भागबण्डाको राजनीतिले देश नबन्ने र देश बचाउन चरित्र आवश्यक रहेको उल्लेख गर्दै जनमत संग्रह गर्नुपर्ने बताएका छन्।
१३ पुस, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले देशलाई आफ्नो जग्गा सम्झेर सम्झौता गर्ने संस्कार राजनीति हो कि व्यापार भनेर प्रश्न गरेका हुन् ।
उनले ७० लाख सहकारीपीडितले न्याय पाउनुपर्ने विषय किन एजेन्डा नभएको भन्दै प्रश्न गरेका छन् ।
गएराति रास्वपाका सभापति लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेनबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार मानेर आगामी निर्वाचनमा भाग लिने सहमति भएको थियो । प्रसाईंलाई यसैलाई लिए टिप्पणी गरेका हुन् ।
उनले भागबण्डाको राजनीतिले देश नबन्ने र देश बन्न चरित्र चाहिने पनि भनेका छन् ।
‘भागबण्डाको राजनीतिले देश बन्दैन, देश बचाउन चरित्र चाहिन्छ। अब समय आएको छ—
व्यक्ति होइन, प्रणाली बदल्ने । दल होइन, देश प्राथमिकतामा राख्ने,’ उनले भनेका छन्, ‘डर होइन, सत्यका पक्षमा उभिने । देश जोगाउन सबैजना एक भएर अघि बढौँ । किनकि देश कसैको निजी सम्पत्ति होइन । यो हामी सबैको साझा जिम्मेवारी हो । देश कुर्सीको सौदाबाजीले होइन, जनताको निर्णयले चल्नुपर्छ ।’
त्यस्तै प्रसाईंले देशको भलो सोच्ने हो भने ढिला नगरी जनमत संग्रह गर्नुपर्ने पनि बताएका छन् ।
प्रतिक्रिया 4