+
+
Shares

कांग्रेस जटिलताबारे निर्णय आउँछ : कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पू्र्णबहादुर खड्काले पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १५:५५

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पू्र्णबहादुर खड्काले पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउने बताएका छन् ।

आज बस्ने कार्यसम्पादन समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले पत्रकारहरूलाई जवाफ दिनेक्रममा निर्णय हुने प्रतिक्रिया दिएका हुन् ।

कांग्रेसभित्रको जटिलताको समाधान के हुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘निर्णय आउँछ ।’

कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन के भन्ने विषयमा विवाद चर्किएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जोड दिँदै आएका छन् भने संस्थापन समूह फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छ ।

विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डप भाडामा लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?