+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
7/2 (2.3)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : पूर्णबहादुर खड्का

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १५:४५

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।

‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ,’ कार्यवाहक सभापति खड्काले भने ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताए । ‘यही क्रममा नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरूरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरूरी छ ।’

कार्यवाहक सभापति खड्काले नागरिकको जीउ–धनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने कार्य भएको भन्दै नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी उनीहरूको सर्वश्व खतम पारिएको बताए ।

‘उनीहरूले न्याय पाउने विषय, कानुनी राज्यको प्रमुख दायित्वभित्र पर्दछ । यो सरकारको कर्तव्य हो,’ खड्काले भने, ‘सरकारको दायितव हो र बनेका आयोगहरूको परम कर्तव्य हो ।

कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास पनिस्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?