+
+
Shares

ड्रग्सको नसामा ललितपुरमा म्युजिकल पार्टी, समातिए विदेशीसहित ९ व्यक्ति

पक्राउ पर्नेमा पाँच भारितीय, एक ग्रिस र तीन नेपाली नागरिक छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १८:११

१८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–२ बिशंखुमा ड्रग्स (लागुऔषध) को नसामा म्युजिकल पार्टी चलाइएको खुलेको छ ।

उक्त पार्टीबाट लागुऔषधसहित ९ जना पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा पाँच भारितीय, एक ग्रिस र तीन नेपाली नागरिक छन् ।

दक्षिण एसियाका विभिन्न देशहरूमा हुने अन्डर ग्राउन्ड म्युजिकल पार्टीको विश्लेषण गरी दक्षिण भारतको इभेन्ट आयोजक र केही नेपाली समेतको योजनामा ड्रग्स पार्टी गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेकाहरूबाट एलसीडी, गाँजा, चरेशजस्ता लागुऔषध बरामद भएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?