+
+
Shares

वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने तालिमका विषयमा अध्ययन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार बोर्डले सिपमूलक तालिकका विषयमा थप अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ।
  • बोर्डले चालु आर्थिक वर्षमा ७ हजार जनालाई ३९० घण्टाको सिपमूलक तालिम दिने प्रक्रिया अघि बढाएको छ।
  • श्रम मन्त्रालयले तालिममा देखिएका अनियमितताका कारण सुधार गरी मात्र तालिम अगाडि बढाउन सुझाव दिएको छ।

२० पुस, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने सिपमूलक तालिकका विषयमा थप अध्ययन गरिने भएको छ ।

आज बसेको वैदेशिक रोजगार बोर्डको बैठकले सिपमूलक विषयमा थप अध्ययन गर्ने निर्णय गरेको हो । बोर्डमा रहेको समितिहरूले तालिमबारे अध्ययन गर्ने र १५ दिनभित्रमा प्रतिवेदन दिने निर्णय गरिएको हो ।

प्रतिवेदनको आधारमा तालिमका विषयमा निर्णय गरिनेछ । बोर्डका सूचना अधिकारी बसन्त बोहराले १५ दिनभित्रमा अध्ययन गरेर प्रतिवेदन पेश गर्ने र प्रतिवेदनका आधारमा अर्को बोर्ड बैठकले निर्णय गर्ने बताए । अब समितिको प्रतिवेदन नआउँदासम्म तालिमको प्रक्रिया यथास्थितिमा रहनेछ ।

बोर्डले चालु आर्थिक वर्षमा ७ हजार जनालाई सिपमूलक तालिम दिने प्रक्रिया अगाडि बढाएको छ । ७ हजार जनालाई ३९० घण्टाको सिपमूलक तालिम प्रदान गर्नका लागि आवेदन आह्वान गरेको छ ।

उक्त तालिमका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले प्रश्न उठाएको थियो । विभिन्न खालका अनियमितता देखिएको भन्दै प्रतिवेदनले सुधार गरेर अगाडि बढ्न सुझाव दिएको थियो । सोही अनुसार मन्त्रालयले बोर्डलाई पत्राचार गर्दै तालिममा सुधार गरेर मात्रै अगाडि बढ्न भनेको थियो ।

तालिमका लागि बोर्डले २५ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । तालिमका लागि आह्वान गरिएको प्रक्रियाका विषयमा चौतर्फी प्रश्न उठेपछि श्रम मन्त्रालयले तालिम दिने प्रक्रिया स्थगन गर्न भनेको थियो । तर, बोर्डले स्थगन गर्नका लागि मन्त्रालयबाट लिखित निर्देशन दिनुपर्ने अडान राख्दै आएको थियो । जसले तालिमका विषयमा मन्त्रालय र बोर्डबीच मतभेद देखिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा बोर्डले १९ हजार जनालाई तालिम प्रदान गरेको थियो । त्यसका लागि बोर्डले ५३ करोड रूपैयाँ बजेट छुट्याएको थियो । त्योमध्ये ४२ करोडको हाराहारीमा खर्च भएको बोर्डले जनाएको छ ।

उक्त तालिमका विषयमा प्रश्न उठिरहेको बेला यो वर्ष समेत तालिम प्रदान गर्न लागेको थियो । गत वर्ष तालिम लिएकाहरू वैदेशिक रोजगारीमा गए वा गएनन ? के साच्चिकै उनीहरूले तालिम लिएका हुन् वा होइन भन्ने विषयमा भने बोर्ड अनविज्ञ देखिन्छ ।

यो वर्ष समेत त्यसरी तालिम प्रदान गर्न तालिमको उद्देश्य पूरा नहुने भन्दै श्रम मन्त्रालयले तालिमको प्रभावकारीतामाथि प्रश्न उठाउँदै आएको थियो ।

आजको बोर्ड बैठकले तालिमसँगै विभिन्न ११ देशमा राखिने १९ जना कर्मचारीका विषयमा समेत छलफल गरेको थियो । छलफलपछि बोर्डको समितिले अध्ययन गरेर १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने र त्यही प्रतिवेदनका आधारमा निर्णय गरिने उपसचिव बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?