२० पुस, काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई अमेरिकाले पक्राउ गरेको भन्दै राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।
जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति जारी गरी उक्त घटनाको भर्त्सना गरेका हुन् ।
‘पुस १८ गते राति अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकाको बन्दी शिविरमा पुर्याएको घटनालाई राष्ट्रिय जनमोर्चाले भर्त्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ प्रेस वक्तव्य
२०८२ पौष १८ गते राती अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको पत्नीलाई नियन्त्रणमा लिएर अमेरिकाको बन्दी शिविरमा पुर्याएको घटनालाई राष्ट्रिय जनमोर्चाले तिव्र शब्दमा भर्त्स्ना गर्दछ ।
भेनेजुएलाले अमेरिकाले भने अनुसार आफ्नो मुलुकको खनिज र पेट्रोलियम खानीको उपयोगका बारेमा निर्णय गर्न नमानेको बदला वा प्रतिशोध स्वरुप नै अमेरिकाले आक्रमण गरेको कुरा कसैबाट लुकेको छैन । अमेरिकाले भनेअनुसार नगरेकै कारण एउटा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि आक्रमण गरेर त्यहाँको राष्ट्रपतिलाई गिरफ्तार गर्नु सरासर अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको वडापत्रका विरुद्ध रहेको छ । यो सरासर अमेरिकी साम्राज्यवादको दादागिरी हो । अमेरिकी साम्राज्यवादले कैयौँ मुलुकमाथि आक्रमण गरी त्यहाँको सार्वभौमसत्ता र अखण्डतामाथि हस्तक्षेप गरेर आफ्नो युद्धपिपासु चरित्र देखाउँदै आएको छ ।
भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण गरी निकोलस मदुरो र उनको पत्नीको गिरफ्तारीको घोर विरोध तथा भत्र्सना गर्दै त्यसका विरुद्ध विश्वव्यापी आवाज उठाउन सम्पूर्ण साम्राज्यवाद विरोधी संघ, संस्था, दल तथा व्यक्तित्वलाई हार्दिक अपिल गर्दछौँ ।
प्रतिक्रिया 4