News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन्।
- डोटीमा एमालेका उपमहासचिव लेखराज भट्ट, प्रदेशसभा सदस्य चक्र मल्लसहित आठ जनाको नाम सिफारिस भएको छ।
- धामीले अनेरास्ववियुको सचिव हुँदै महासचिव भएर संगठन जोगाएको भन्दै अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
२० पुस, कैलाली । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
अनेरास्ववियुको सचिव हुँदै महासचिवमा निर्वाचित भएका धामी संकटमा संगठन जोगाएको भन्दै अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् ।
एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा धामीसहित ८ जनाको नामा सिफारिस भएको छ । यही क्षेत्रमा एमाले उपमहासचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य चक्र मल्ल, दीर्घ बोगटी, मञ्जु मलासी, महेश्वर भाट, गोविन्द पार्की, दिनेश घर्ती मगर पनि सिफारिस भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4