+
+
Shares

दीपक-दीपाको ‘छ माया छपक्कै २’ छायांकन चैतदेखि, दशैंमा प्रदर्शन तय

दीपकराज गिरी यसमा मुनाफा साझेदारको रुपमा जोडिँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १३:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला १ चैतदेखि छायांकन सुरु हुने भएको छ।
  • फिल्मको प्रदर्शन आउँदो दशैंमा गर्ने लक्ष्य राखिएको छ र दीपकराज गिरी मुनाफा साझेदारको रुपमा जोडिएका छन्।
  • दोस्रो श्रृंखलामा पुरानै टिम फर्कनेछ र निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्नेछन्।

काठमाडौं । सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । १ चैतदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन आउँदो दशैंमा हुने लक्ष्य राखिएको छ ।

शीर्ष भूमिकामा समेत देखिने अभिनेता दीपकराज गिरी यसमा मुनाफा साझेदारको रुपमा जोडिँदैछन् । ‘स्क्रिप्टको काम भैरहेको छ । अहिलेसम्म १ चैतदेखि सुटिङ सुरु हुने कुरा छ’ फिल्मबारे दीपकले अनलाइनखबरसँग भने ।

दोस्रो श्रृंखलामा पनि पुरानै टिम फर्किने तयारीमा छ । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा रोहित अधिकारी लगानीकर्तामा हुनेछन् भने शीर्ष भूमिकामा दीपकराजसहित केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल देखिनेछन् ।

फिल्मले त्यतिबेला घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो । यो कथा विपरित राजनीतिक पृष्ठभूमिका दुई परिवारमा केन्द्रित छ जसका केटाकेटी प्रेममा पर्छन्, जसले गर्दा उनीहरूको गाउँमा “राजनीतिक तनाव र क्रान्ति’ सुरु हुन्छ ।

२१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा चुनाव लगत्तै यो फिल्मको छायांकन हुन लागेको हो । ‘निर्वाचनले छायांकनलाई डिस्टर्ब नगर्ला’ दीपकले भने ।

दीपकसहित दीपाश्री निरौला, निर्मल शर्मा, निर्देशक लामा, लगानीकर्ता अधिकारी लगायत गतसाता पोखरा र बागलुङबाट फर्किएका थिए । बागलुङ कालिका मन्दिरमा दर्शन गरेको फोटोलाई सामाजिक सञ्जालमा समेत सेयर गरिएको थियो ।

अधिकारीले २ जनवरीमा सेयर गरेको उक्त फोटोले फिल्मको दोस्रो श्रृंखला बनाउने कुरालाई थप बल पुर्‍याउँछ । यो प्रोजेक्टबारे विस्तृत र औपचारिक विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?