+
+
Shares

गायिका सुनिता थेगिमले कसिन् लगनगाँठो, को हुन् बेहुला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १४:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित गायिका सुनिता थेगिमले संखुवासभाका अनित कुलुङ राईसँग केही दिनअघि विवाह गरेकी छिन्।
  • सुनिताले फेसबुकमा 'श्रीमती कुलुङ राई हुनुमा धन्य छु' लेख्दै श्रीमानसँगको फोटो सेयर गरेकी छिन्।
  • अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् र विवाहमा परिवार र निकट आफन्त उपस्थित थिए।

काठमाडौं । चर्चित गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभाका अनित कुलुङ राईसँग विवाह गरेकी हुन् ।

केही दिनअघि यी दुईजनाबीच विवाह भएको हो । आफूले लगनगाँठो कसेको जानकारी दिँदै उनले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमती कुलुङ राई हुनुमा धन्य छु ।’

उनले श्रीमानसँगको फोटो पनि सेयर गरेकी छन् । प्रशंसकले उनलाई बधाई दिइरहेका छन् । अनित कुलुङ राई बेलायती सेनामा कार्यरत छन् । विवाहमा परिवार र निकट आफन्त उपस्थित भएको स्रोतले जनायो ।

लोकपप र पूर्वेली भाकाका गीतमा सुनिताको लोकप्रियता छ । फिल्म ‘गाउँ आएको बाटो’ मा समावेश गीत ‘राई माइला’ निकै चर्चित बनेको गीतमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?