+
+
Shares

कांग्रेसको निष्कर्ष : राष्ट्रिय सभामा तालमेल नगरे परिणाम आउँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख दलहरूबीच तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ।
  • राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ र १८ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ।
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच २३ पुसमा मनोनयन दर्ता अगाडि तालमेलको प्रयास भइरहेको छ।

१ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख दलहरूका बीचमा तालमेल आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘राष्ट्रिय सभामा तालमेल नगरीकन परिणाम आउँदैन ।’

एक्ला–एक्लै चुनाव लड्दा बढी मतभार भएकाले कांग्रेसको सम्भावना ज्यादा हुने भए पनि अन्य शक्तिबीच तालमेल भए अप्ठ्यारो हुन सक्ने उनले बताए । यसकारण प्रमुख शक्ति मिलेर जाऔं भनेर छलफल चलिरहेको उनले जानकारी दिए ।

‘नेतृत्व तहमा कुराकानी भइराखेको छ । भोलिसम्म एउटा निष्कर्ष आउन सक्छ,’ उनले भने, ‘जसको निर्वाचित हुन सक्ने भोटिङ स्ट्रेन्थ छ, ती सबै दलसँग छलफल भइराखेको छ ।’

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुन लागेका मध्ये एक जना मनोनीत छन् । बाँकी १८ पदका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत यही २३ पुसमा मनोनयन दर्ता छ । मनोनयन दर्ता अगाडि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बीचमा नै तालमेलको प्रयास हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?