+
+
Shares

राष्ट्रिय सभा निर्वाचनमा तालमेलबारे पूर्णबहादुरले गरे कार्यसम्पादनमा ब्रिफिङ

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १६:२९

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा भएको छलफलबारे पार्टी कार्यसम्पादन समितिमा ब्रिफिङ गरेका छन् । बैठक अहिले पार्टी कार्यालय सानेपामा जारी छ ।

आइतबार कांग्रेसको तर्फबाट कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले एमालेका महासचिव शंकर पोखरेलसँग छलफल गरेका थिए ।

त्यस्तै एमाले र कांग्रेसका नेताहरूबीच आज साँझ पुन: छलफल हुँदैछ । छलफल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हुँदैछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?