News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई नियमित महाधिवेशन वैशाखमा गर्ने परिपत्र पठाएको छ।
- पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई क्रियाशील हुन भनिएको परिपत्र जारी गर्नुभएको छ।
- पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार १९ गते मिति भएको परिपत्र कांग्रेसले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ।
२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।
पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र कांग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4