+
+
Shares

कांग्रेस बैठकमा महेन्द्र यादव : आसन्न निर्वाचनबारे आजै निर्णय गरौं

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले बुधबारकै बैठकबाट २१ फागुनका लागि तय भएको निर्वाचनबारे निर्णय गर्नुपर्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १८:१०
फाइल तस्वीर

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आसन्न निर्वाचनबारे केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने बताएका छन् ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले बुधबारकै बैठकबाट २१ फागुनका लागि तय भएको निर्वाचनबारे निर्णय गर्नुपर्ने बताएका हुन् ।

‘सहमहामन्त्रीले आसन्न निर्वाचनको निर्णय आजकै बैठकमा गर्नुपर्ने कुरा राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

निर्वाचनमा जान नयाँ अनुहार चाहियो भन्ने नेताहरूलाई उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा जाँदा हुने पनि बताए ।

‘नयाँ नेतृत्व चाहिएको छ भन्नुहुन्छ । नयाँ चेहरा चाहियो, सबैको माग छ,’ यादवले बैठकमा भने, ‘कार्यवाहक सभापति पूर्णबहादुर खड्का नयाँ चेहरा हुनुहुन्छ त । दाग नलागेको उहाँ जस्तो निष्कलंक कोही हुनुहुन्छ भन्नुहोस् ।’

सहमहामन्त्री यादवले १८ कात्तिकमा महामन्त्री गनगकुमार थापाले महाधिवेशनको कार्यतालिका पेस गरेपछि ‘काउन्टर’ प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?