+
+
Shares

मीन विश्वकर्माले भने– चुनाव अघि महाधिवेशनको मिति घोषणा गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १५:२०
फाइल तस्वीर

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचन अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले २१ फागुनको निर्वाचन अघि नै १५औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।

महाधिवेशन र निर्वाचन तोकिएको समयमा हुन जरुरी रहेको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।

‘मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौं,’ उनले भने, ‘महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौं । यसको मतलब निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौं । सोहीअनुसार सवै तहका अधिवेशनको तालिका सार्वजनिक गरौँ ।’

नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफाल्न नहुने नेता विश्वकर्माले बताए ।

‘अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन । केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठीकै होला,’ उनले भने, ‘होइन भने पार्टी सहज अवस्थामा रहँदैन ।’

नेता विश्वकर्माले नियमित अधिवेशनले पार्टी जीवनमा रुपान्तरण ल्याउने र  आमनिर्वाचनले जनतामा आशा भर्ने र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत गर्ने उनको भनाइ थियो ।

नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति निर्धारण गर्न तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनले बताए । अधिवेशनका लागि अनिवार्य चाहिने समितिहरू जारी केन्द्रीय कार्यसमिति बैठकबाट गठन गरिनुपर्ने नेता विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?