+
+
Shares

सुनिता थेगिमसँगको सहकार्यमा प्रेम सेनले ल्याए ‘म्याङ्लुङ बजार’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १५:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक प्रेम सेनले गायिका सुनिता थेगिमसँग सहकार्य गरी नयाँ गीत ‘म्याङ्लुङ बजार’ सार्वजनिक गरेका छन्।
  • गीतले तेह्रथुमको म्याङ्लुङ बजारलाई सम्झाउँदै प्रेमभाव व्यक्त गर्दछ।
  • गीतमा प्रेमकै शब्द, संगीत र राजु कार्कीको एरेन्ज छ भने भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन्।

काठमाडौँ । गायक प्रेम सेनले नयाँ गीत ‘म्याङ्लुङ बजार’ ल्याएका छन् । गायिका सुनिता थेगिमसँग गायनमा सहकार्य गरी उनले लामो समयपछि गीत ल्याएका हुन् ।

पूर्वेली भाकाको यो गीतले पहाडी जिल्ला तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारलाई सम्झाउँदै मायाप्रेम दर्शाउँछ । प्रेमभावको यो गीतमा गीतमा गायक प्रेमकै शब्द तथा संगीत छ ।

तीनजुरे डाँडा रमाइलो गुराँस फुल्यो झलल

नौडाँडा काटी आएको हजुरकै माया सम्झेर

आ है बसमा सरर

भेट्न आउँला म्याङ्लुङ बजार

तेह्रथुममुनि सल्लेरी माया छ हजुर मनभरि

टाढाको माया गाढा भो मन बुझाऊँ मैले कसरी

आ है बसमा सरर

भेट्न आउनु म्याङ्लुङ बजार

गायक-गायिका स्वयं फिचर्ड गीतको भिडियोलाई दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।

‘विभिन्न व्यक्तिगत कारण र गीतकै तयारीमा केही समय लाग्दा अलि लामै ग्यापपछि गीत ल्याएको हुँ,’ गायक सेनले भने, ‘अब नियमित रुपमा गीत सार्वजनिक गर्ने सोचमा छु । यसपटक पूर्वेली भाकाको गीत ल्याएको हुँ ।‘

पश्चिमका लोकदोहोरी गीतको बजार राम्रो भइरहेको बेला पूर्वेली गीतलाई पनि फेरि एकपटक चिनाउने प्रयास गरेको उनले बताए ।

लामो समय शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण समेत लिएर डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय प्रेमका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?