+

टी-२० विश्वकपको ट्रफी राष्ट्रपति कार्यालयमा अनावरण

२०८२ पुष  २१ गते १६:४३ २०८२ पुष २१ गते १६:४३
टी-२० विश्वकपको ट्रफी राष्ट्रपति कार्यालयमा अनावरण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुगेको छ र राष्ट्रपति कार्यालयमा अनावरण गरिएको छ।
  • पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त रूपमा ट्रफी अनावरण गरे।
  • ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ र क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन्।

२१ पुस, काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रमअन्तर्गत विश्वकप ट्रफी नेपाल आइपुगेको छ ।

उक्त ट्रफी आज राष्ट्रपति कार्यालयमा अनावरण गरिएको छ । पुरुष टिमका कप्तान रोहित पौडेल, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त रूपमा ट्रफी अनावरण गरे ।

पुरुष तथा महिला क्रिकेट टिमका कप्तान, प्रशिक्षक तथा क्यानका पदाधिकारी समेतको उपस्थितिमा ट्रफी अनावरण गरिएको हो ।

ट्रफी टुर जनवरी ७ सम्म आयोजना हुनेछ । टुरका क्रममा क्रिकेट प्रेमीहरूले विश्वकप ट्रफी नजिकबाट अवलोकन गर्ने अवसर पाउने छन् ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टुर सुरु गरिएको छ।

आईसीसी ट्रफी टूर टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय