+
+
Shares

दोस्रो आर्थिक गणना हुँदै, सार्वजनिक गरियो तालिका

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ भित्र राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने लक्ष्य राखेको छ।
  • स्थलगत तथ्यांक संकलन २ वैशाख २०८३ देखि ७ असार २०८३ भित्र सम्पन्न गरिने कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताए।
  • गणनामा १८ आर्थिक क्षेत्रका प्रतिष्ठान, उद्योग, विद्यालय, अस्पताल लगायतका विवरण संकलन गरिने र सुरक्षा निकाय तथा घरायसी क्रियाकलाप समावेश नगरिने कार्यालयले स्पष्ट पारेको छ।

२१ पुस, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय दोस्रो आर्थिक गणनाको तयारीमा जुटेको छ । कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक गणनाको तालिका सार्वजनिक गरेको हो । कार्यालयका अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलनको काम चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सक्ने लक्ष्य छ ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यतालिका अनुसार स्थलगत तथ्यांक संकलनको काम २ वैशाख २०८३ देखि ७ असार २०८३ भित्र सम्पन्न गरिने छ ।

कार्यालयले आर्थिक मापनका लागि आर्थिक गणना नारा समेत तय गरी लोगो सार्वजनिक गरेको छ । यस गणनाका दौरान आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ । जसमा देशैभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार/प्रतिष्ठान, रोजगारीका हिसावले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ ।

यसैगरी उद्योग, कलकारखाना, व्यापार/व्यवसाय, गैरसरकारी संघ संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायत क्रियाकलाप गरिरहेका एकाइमा गणना सञ्चालन गरिने भएको छ । यसमा अन्तर्राष्ट्रिय संघ संस्था, कुटनीतिक नियोग, प्रशासनिक क्रियाकलाप र नियमानकारी कार्य गर्ने सरकारी कार्यालय, सुरक्षा निकाय, सामान्य घरायसी क्रियाकलाप र क्षेत्र भने गणनामा समावेश नगरिने समेत कार्यालयले स्पष्ट पारेको छ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम फागुन मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । १ चैत २०८२ देखि देशैभरीका ७७ जिल्ला र थप ७ गरी ८४ कार्यालय स्थापना गरिने भएको छ । यस्ता कार्यालय २०८३ असार मसान्तमा बन्द हुनेछन् ।

नेपालमा यसअघि २०७५ सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान/व्यवसाय रहेको देखिएको छ । ती प्रतिष्ठानमा ३२ लाख २८ हजार ४५७ मानिस संलग्न थिए ।

जसमध्ये २९.६ प्रतिशत महिला व्यवस्थापक रहेको देखिएको थियो । सो गणनाले औपचारिक र अनौपचारिक संख्या बराबरी जस्ता रहेको देखाएको थियो । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह सम्बन्धी विवरण संकलनको उद्देश्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?