+
+
Shares

राष्ट्र बैंकले निष्कासन गर्‍यो चौथो किस्तामा २५ अर्बको बन्ड

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न बन्ड प्रयोग बढाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक बन्ड निष्कासन गरेको छ।
  • केन्द्रीय बैंकले गत साता ७५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक बन्ड दुई पटक निष्कासन गरी तेस्रो चरणमा थप २५ अर्बको बन्ड जारी गरेको हो।
  • बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुने उक्त ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् र न्यूनतम ५ करोड रुपैयाँ लगानी गर्नुपर्नेछ।

२२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार पनि २५ अर्ब रुपैयाँ बराबरको ‘राष्ट्र बैंक बन्ड’ निष्कासन गरेको छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न बन्ड प्रयोग बढाएको हो ।

केन्द्रीय बैंकले गत साता दुई पटक गरेर ७५ अर्ब बराबरको नेपाल राष्ट्र बैंक बन्ड निष्कासन गरेको थियो । सोही बन्डलाई केन्द्रीय बैंकले तेस्रो चरणमा थप २५ अर्बको निष्कासन गरेको हो ।

एक वर्षमा परिपक्व हुने बन्डमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले अर्धवार्षिक ब्याज भुक्तानी पाउने केन्द्रीय बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ घ’ नामको  ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् । बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुनेछ । २० पुस आइतबार केन्द्रीय बैंकले निष्कासन गरेको बन्डको कुपन रेट २.६८ कायम भएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?