+
+
Shares

कांग्रेस महामन्त्री शर्माले बहिष्कार गरे कार्यसम्पादन समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते ११:०३
Listen News
0:00
0:30
🔊

२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् ।

उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका छन् ।

स्रोतका अनुसार उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने भन्दै बैठकमा सहभागी नहुने बताएका थिए ।

यसबारे अनलाइनखबरको जिज्ञासामा उनले आफू केही राजनीति र केही स्वास्थ्यका कारण बैठकमा नगएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?