+
+
Shares

डल्ले च्याउको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार डल्ले च्याउको भाउ प्रतिकिलो २५ रुपैयाँले घटेर ३५० रुपैयाँमा आएको छ।
  • मंगलबार डल्ले च्याउको भाउ प्रतिकिलो ३७५ रुपैयाँ थियो भने कन्य, राजा र सिताके च्याउको मूल्य स्थिर रहेको छ।
  • कन्य च्याउ प्रतिकिलो १३२ रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँमा थोकमा किनबेच भइरहेको छ।

२३ पुस, काठमाडौं । बजारमा डल्ले च्याउको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार डल्ले च्याउको भाउ घटेको देखाएको हो ।

बजारमा कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको च्याउ किन्न पाइन्छ ।   तीमध्ये आज डल्ले च्याउको भाउ प्रतिकिलो औसत २५ रुपैयाँ घटेको छ ।

मंगलबार प्रतिकिलो थोकमा ३ सय ७५ रुपैयाँमा किनबेच भएको डल्ले च्याउ बुधबार ३ सय ५० रुपैयाँमा झरेको छ । कन्य, राजा र सिताके च्याउको मूल्य भने स्थिर देखिन्छ ।

बजारमा कन्य च्याउ प्रतिकिलो थोकमा १ सय ३२ रुपैयाँ र राजा च्याउ २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै, सिताके च्याउ भने प्रतिकिलो थोकमा ९ सय रुपैयाँ कायम छ । आपूर्तिका आधारमा च्याउको मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् । बजार च्याउको परिमाण अनुसार मूल्य घटबढ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?