+
+
Shares

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारी दर्ता गर्नै गएनन् नेकपाका उम्मेदवार

राष्ट्रियसभा निर्वाचनका लागि कोशीबाट नेकपाका उम्मेदवार हेमराज घिमिरे अनुपस्थित भएका हुन् । समय सकिएका कारण अब उनकाे मनाेनयन दर्ता हुनेछैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १६:०२

२३ पुस, विराटनगर । राष्ट्रियसभा सदस्यकाे मनाेनयनकाे लागि नेकपाका एक जना उम्मेदवार नै अनुपस्थित भएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि कोशीबाट नेकपाका उम्मेदवार हेमराज घिमिरे अनुपस्थित भएका हुन् । समय सकिएका कारण अब उनकाे मनाेनयन दर्ता हुनेछैन ।

उनले वारेसमार्फत मनोनयनका लागि पत्र पठाए पनि हस्ताक्षर नभएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दर्ता गर्न मानेन । हस्ताक्षर नभएको वारेसलाई आधिकारिक मान्न नसकिने भन्दै दर्ता नगरिएको मुख्यनिर्वाचन अधिकृत भीष्मराज प्रसाइले जानकारी दिए ।

उनी उम्मेदवारी दिन नगएपछि नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?