News Summary
Generated by OK AI. Editorially reviewed.- प्रविधि कम्पनी प्रिक्सा (प्रिक्साल) ले दैलो कृषि खरिद गरी कृषि र खाद्य प्रणाली विश्वासिलो बनाउने योजना बनाएको छ।
- प्रिक्साका सीईओ मनीष शर्माले नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव रहेको र त्यसलाई सुधार्न काम भइरहेको बताए।
- प्रिक्साले दैलो कृषिको अधिग्रहणपछि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा ध्यान दिने जनाएको छ।
२४ पुस, काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणाली अझै विश्वासिलो र सुरक्षित बनाउने उद्देश्यले प्रविधि कम्पनी प्रिक्सा ( प्रिक्साल) ले ‘दैलो कृषि’ खरिद गरेको छ ।
यो कदमसँगै अब किसानबाट उत्पादन भएका तरकारी, फलफूल र खाद्यान्न कहाँ उत्पादन भयो, कसरी आयो भन्ने कुरा उपभोक्ताले सजिलै थाहा पाउन सक्ने प्रणाली विकास गरिने प्रिक्साले जनाएको छ ।
प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव छ । ‘हामी जे खान्छौं, त्यसमा भरोसा हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भने ।
नेपाललाई केवल बजार नभई नयाँ प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनको भनाइ छ ।
दैलो कृषि किसान र सहकारीसँग मिलेर सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पुर्याउँदै आएको प्ल्याटफर्म हो । यसका संस्थापक धीरज चापागाईंको नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने (ट्रेसिबल) प्रणालीमा काम गर्दै आएको छ ।
प्रिक्साले दैलो कृषि किनेपछि तुरुन्तै नाम परिवर्तन गर्ने वा आक्रामक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा विश्वासिलो, पारदर्शी र दिगो पूर्वाधार निर्माणमा ध्यान दिने जनाएको छ ।
यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा, किसानको सशक्तीकरण र उपभोक्ता आत्मविश्वास बढाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
प्रतिक्रिया 4