+

नेपाल पुलिस र न्यु डायमन्ड शेरबहादुर खड्का स्मृति महिला भलिबलको फाइनलमा

२०८२ पुष  २४ गते २०:३७ २०८२ पुष २४ गते २०:३७
नेपाल पुलिस र न्यु डायमन्ड शेरबहादुर खड्का स्मृति महिला भलिबलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
  • नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई र न्यु डायमन्डले एपीएफ क्लबलाई समान ३–२ को सेटमा पराजित गरी फाइनलमा पुगेका हुन्।
  • प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार पाउने छन्।

२४ पुस, काठमाडौं । नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् । दुवैले आ–आफ्नो प्रतिद्वन्द्वीलाई समान ३–२ को सेटमा पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा प्रहरीले नेपाल आर्मीलाई २०–२५, २५–१९, २४–२६, २५–२० र १५–११ ले पराजित गर्‍यो ।

अर्को खेलमा न्यु डायमन्डले एपीएफ क्लबलाई २५–१६, २५–२१, १९–२५, १९–२५ र १५–७ ले हरायो । लगातार दोस्रो हारसँगै आर्मी र एपीएफ उपाधि होडबाट बाहिरिएका हुन् ।

यसअघि पुलिसले एपीएफलाई ३–० तथा न्यु डायमन्डले आर्मीलाई ३–० ले पाखा लगाएका थिए ।

पहिलो खेलमा पुलिसकी उषा भण्डारी र दोस्रो खेलमा न्यु डायमन्डकी सलिना बुढा मगर ‘प्लेयर अफ दि म्याच’ बन्दै समान १५–१५ हजार नगदबाट पुरस्कृत भए ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजना तथा बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा शुक्रबार २ खेल हुनेछ ।

पहिलो खेल न्यु डायमन्ड र प्रहरीबीच हुनेछ । यो खेल नै राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीको टुंगो लगाउने छ । दोस्रो खेलमा एपीएफले आर्मी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

सहभागी ४ टिममध्ये आर्मीले मात्र यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाल पुलिस क्लब साविक विजेता हो भने न्यु डायमन्ड सातौं संस्करणको विजेत हो । एपीएफ सुरुका ६ संस्करणमा च्याम्पियन बनेको थियो ।

विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने छ ।

विधागततर्फ ७ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय