News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा शुक्रबारदेखि दुई फिल्म हलमा रिलिज भएका छन्, जसमा उज्वल थापाबारे वृत्तचित्र 'दिमाग घोच्ने मान्छे' र भारतीय फिल्म 'द राजा साब' समावेश छन्।
- 'दिमाग घोच्ने मान्छे' डकुमेन्ट्री जनरामा बनेको ११० मिनेट लामो फिल्म हो र विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको जीवन संघर्षलाई चित्रण गर्छ।
- भारतीय फिल्म 'द राजा साब' १८९ मिनेट लामो पीजी सर्टिफिकेट प्राप्त फिल्म हो र मुरथी दसारीले निर्देशन गरेका छन्।
काठमाडौं । शुक्रबारदेखि दुई फिल्म हलमा रिलिज भएका छन् । नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ हलमा लागेका हुन् ।
डकुमेन्ट्री जनरामा बनेको ‘दिमाग घोच्ने मान्छे’ को रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकालाई उक्त डकुमेन्ट्रीमा चित्रण गरिएको छ ।
कथानक फिल्म मात्र हलमा चल्ने आमप्रवृत्तिमाझ धेरैपछि वृत्तचित्र हलमा प्रदर्शन भैरहेको छ । तपाईंलाई डकुमेन्ट्रीमा रुचि छ भने ‘दिमाग घोच्ने मान्छे’ दर्शनीय हुनसक्छ । सुदीप भाजु निर्देशित यो फिल्मलाई प्रधानमन्त्री र मन्त्रीहरूले हालैको प्रिमियर समारोहमा हेरिसकेका छन् ।
प्रभास र संजय दत्त स्टारर भारतको हरर, कमेडी रोमान्स जनराको फिल्म ‘द राजा साब’ पनि शुक्रबारदेखि रिलिज भएको छ । मुरथी दसारी निर्देशित फिल्मले एक राजाको कथा पेश गर्छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १८९ मिनेट छ ।
अहिले नेपालका हलमा ‘एक्लो’, झरीपछिको इन्द्रेणी, धुरन्धर, हाउसमेड, परान, अवतार ३ लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।
प्रतिक्रिया 4