+
+
Shares

आधाभन्दा धेरै स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ सय ९ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ पुष २५ गते २१:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय तथ्यांक कार्यालयले ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा माथि रहेको जनाएको छ।
  • जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७.८९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ।
  • अछाम जिल्लामा ४९.५८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको र कास्कीमा सबैभन्दा कम ५.६३ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ।

२५ पुस, काठमाडौं । नेपालमा आधाभन्दा बढी स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ सय ९ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम छ । तर, ४ सय ४४ स्थानीय तहको गरिबी दर भने राष्ट्रिय औसतभन्दा बढी देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार नेपाल जीवनस्तर सर्वेक्षणबाट आएको नतिजालाई राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनासँग विश्लेषण गरी गरिबीको लघुक्षेत्र अनुमान गरेको हो ।

यसमा कार्यालयले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित विधि प्रयोग गरी ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा गरिबीको तथ्यांक अनुमान गरेको हो ।

नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा भने आर्थिक वर्ष २०८०/८१ मै सार्वजनिक गरिएको थियो । सोही अनुसार नेपालमा वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ प्रतिव्यक्ति खर्च गर्न नसक्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको थियो ।

यसअघि २०६६/६७ मा वार्षिक १९ हजार २ज सय ६१ रुपैयाँ वार्षिक प्रतिव्यक्ति खर्च आधार मानी गरिबीको रेखा अनुमान गरिएको थियो ।

नेपाल जीवनस्तर सर्वेक्षणले निकालेको राष्ट्रिय औसतको तुलनाका धेरै स्थानीय तहको स्तर तल रहनुबाट धनी र गरिबबीचको खाडल उच्च रहेको संकेत गरेको छ ।

सहरमा १८.३४ प्रतिशत गरिबी रहेको छ भने ग्रामीण भेगमा २४.६६ प्रतिशत गरिबी छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम र सबैभन्दा कम गण्डकीमा छ । प्रतिवेदन अनुसार स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ देखि ७७.८९ प्रतिशतसम्म छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा सबैभन्दा धेरै गरिबी

तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी गरिबी दर रहेको स्थानीय तह जाजरकोटको जुनीचाँदे गाउँपालिका रहेको पाइएको छ । त्यहाँ स्थानीय तहमा ७७.८९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ ।

सबैभन्दा कम गरिबीको दर भने मुस्ताङमा छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा गरिबीको दर १.१८ प्रतिशतमात्र रहेको तथ्यांकले देखाएको छ ।

संख्याका आधारमा भने सबैभन्दा धेरै गरिबी काठमाडौं महानगरपालिकामा छ । यस पालिकामा ५९ हजार २ सय १८ जना गरिबीको रेखामुनि रहेको तथ्यांक छ । महानगरमा गरिबीको रेखामुनि ६.८७ प्रतिशत जनसंख्या रहेको तथ्यांकले देखाएको छ ।

अछाममा धेरै गरिबी, कम कास्की

जिल्लागत हेर्दा धेरै गरिबी अछाममा छ । यस जिल्लामा ४९.५८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । सबैभन्दा कम गरिबी भने कास्कीमा ५.६३ प्रतिशतमात्र छ ।

जिल्लागत गरिबीको दर विश्लेषण गर्दा ३४ जिल्लाको राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४३ जिल्लाको राष्ट्रिय औसतभन्दा माथि छ ।

कार्यालयका अनुसार यस तथ्यांकले गरिबी निवारणमा नयाँ नीति निर्माण, योजना तथा बजेट कार्यान्वयन, अनुगमन र मूल्यांकनमा सहयोग हुने विश्वास लिइएको छ ।

सबैभन्दा बढी गरिबी दर भएका १० स्थानीय तह

 

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?