+
+
Shares

विशेष महाधिवेशनको दृश्य : नेतालाई कुसन, प्रतिनिधिलाई कुर्सी

महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १२:५५
तस्वीर : शंकर गिरी/अनलाइनखबर

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनका लागि अहिले विभिन्न स्थानबाट र्‍यालीसहित पुग्ने क्रम जारी छ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

सँगै महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?