२६ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । महामन्त्री गगन थापासहितका नेताहरू अहिले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेका छन् ।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित महाधिवेशनको उद्घाटन सत्र सुरु भएको हो । पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।
महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।
दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।
र्यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।



















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4