+
+
Shares

कांग्रेस विशेष महाधिवेशनले गुलजार भृकुटीमण्डप (तस्वीरहरू)

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसर गुलजार देखिएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ छ ।

शंकर गिरी शंकर गिरी
२०८२ पुष २७ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डप परिसरमा भव्य रूपमा सुरु भएको छ।
  • महाधिवेशनमा सहभागी हुन विभिन्न ६ स्थानबाट जुलुसहरू भृकुटीमण्डप तर्फ बढिरहेका छन्।
  • उद्घाटन समारोहपछि भृकुटीमण्डपमै बन्दसत्र र प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसर गुलजार देखिएको छ ।

दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ छ ।

विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ ।

महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।

भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ ।

ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरीबाट गएका जुलुस भृकुटीमण्डप पुगेका छन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?