+
+
Shares

विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन लाग्यो भन्न पाइँदैन : प्रदीप पौडेल

साथै, उनले पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १८:०४

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नियमित महाधिवेशनका लागि नेतृत्वले ध्यान दिन नसक्दा विशेष महाधिवेशन गर्नुपरेको बताएका छन् ।

आइतबार काठमाडौंमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आज नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ । हामीले समयमा नियमित महाधिवेशन गर्न सकेनौं । विशेष महाधिवेशन दर्ता भएको तीन महिनाभित्र नियमित गर्न सकेको भए विशेष रद्द हुनसक्छ । नियमित गराउन नेतृत्वले ध्यान दिएन । विशेष महाधिवेशन आफैं निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको हुनाले आज हामीले विशेष गरिरहेका छौं,’ पौडेलले भने ।

साथै, उनले पार्टी फुटाउन लागेको भनेर आरोप लगाउन नमिल्ने पनि बताए ।

‘महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ,’ उनले भने ।

उनले थप भने, ‘यो विधानले व्यवस्था गरेको अवस्था हो । विधानलाई केन्द्रीय समिति, कार्यसम्पादन समितिले निर्देशित गर्न सक्दैन । विधानले निर्देशित गरे बमोजिम विशेष महाधिवेशन भइरहेको छ । नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन, यो देशका सबै बेथितिविरुद्धको अभियान हो ।’

नेपाली कांग्रेस दलित, मधेशी, जनजाती, सिमान्तकृत विभेद विरुद्धको अभियान रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?