+
+
Shares
कांग्रेस विशेष महाधिवेशन :

भृकुटीमण्डप आउन थाले कांग्रेस प्रतिनिधि, मञ्च बन्दै (तस्वीरहरू)

महाधिवेशन उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।

शंकर गिरी शंकर गिरी
२०८२ पुष २७ गते ९:१७

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भैकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

बिहान ८ बजेदेखि नै नाम दर्ता गर्ने तयारी भएपछि अहिले प्रतिनिधिहरु महाधिवेशन स्थल भृकुटीमण्डपमा आउन थालेका छन् ।

बिहानैदेखि सुरु गर्ने भनिएको प्रतिनिधिको नाम दर्ता भने अझै सुरु हुन सकेको छैन । कार्यक्रम स्थलमा मञ्च निर्माणको काम पनि अझै सकिएको छैन । निर्माणको काम भइरहेको छ ।

प्रतिनिधिहरुको नाम दर्ताका लागि महाधिवेशन स्थलको मूल गेटसँगै स्टल निर्माण गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशन उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?