News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन काठमाडौंको भृकुटीमण्डप पुगेकी छिन्।
- राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी आधुनिक नेपाल एकीकरणका नेता प्रति सम्मान प्रकट गरेको छ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापासहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन्।
२६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् ।
पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।
चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की केहीबेर अघि पुगेकी हुन् ।
आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो ।
अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4