News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ।
- प्रधानमन्त्री सुशीला कार्की, सञ्चारमन्त्री जगदीश खरेल र कुलमान घिसिङ कार्यक्रममा सहभागी भएका छन्।
- कार्यक्रमअघि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको थियो र अध्यक्ष राजेन्द्र लिङ्देनसहितले रक्तदान गरेका छन्।
२७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्कीलगायत सहभागी भएका छन् ।
पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।
चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री कार्की, सञ्चारमन्त्री जगदीश खरेल, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायत पुगेका छन् ।
आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ता, राजावादीहरूको उपस्थिति थियो ।
अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।










प्रतिक्रिया 4