२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने बताएका छन् ।
सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको संविधानभन्दा माथि केही नभएको भन्दै उनले भने, ‘संविधानको व्यवस्था के छ ? राजनीतिक दल सम्बन्धी ऐनको व्यवथा के छ ? त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो । आज यो विषयमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा नेपालको निर्वाचन आयोगले एक-दुई-तीन हाम्रो विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन, ढुक्क भएर बस्नुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4