+
+
Shares

सिंहदरबारमा तयार भयो राष्ट्रिय सभा हल (तस्वीरहरू)

सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ । 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २९ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि कृषि तथा प्राकृतिक स्रोत समितिको हल तयार गरिएको छ।
  • सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरेको छ।
  • सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

२९ पुस, काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सभाको बैठकका लागि हल तयार भएको छ ।

जेनजी आन्दोलनका क्रममा नयाँ वानेश्वरस्थित संसद भवन जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरवारमै राष्ट्रिय सभाको बैठक राख्ने हल तयार गरिएको हो ।

सिंहदरवारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी तयार गरिएको छ ।

सरकारले आगामी माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउने निर्णय गरिसकेको छ । यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरेर अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत भदौ ३१ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए ।

 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?