News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन लाइफ इन्स्योरेन्सले ३० पुसमा सेयरधनीका लागि १०।५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा ५ प्रतिशत बोनस सेयर र ५।५२६३ प्रतिशत नगद लाभांश समावेश छ।
- कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँबाट बोनस सेयरपछि ५ अर्ब २५ करोड पुग्नेछ।
३० पुस, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०।५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ५ अर्ब २५ करोड पुग्नेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4