+
+
Shares

जसपा नेपालको केन्द्रीय समन्वय समिति बैठक सुरु ‎

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १५:५४

१ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको पहिलो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरदेखि बैठक चलिरहेको हो ।

पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति छ ।

बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।

‎विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ । निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भैरहेको जनाइएको छ ।

बैठकमा एजेन्डागत रुपमा नेताहरुले आ–आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?