News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविमा हाजिर मात्र गरेर जागिर खाने अवस्थाको अन्त्य गर्ने बताएका छन्।
- केसीले अनुसन्धान केन्द्रहरू हाजिर मात्र गर्ने निकायको रूपमा रहेको विद्यमान परिस्थितिको अन्त्य गरिने उल्लेख गर्नुभयो।
- सेरिडका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरले सेरिडलाई थप व्यवस्थित र क्रियाशील बनाइरहेको र ६ वटा अनुसन्धान परियोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो।
२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले त्रिविमा हाजिर मात्र गरेर जागिर खाने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)को ४९औं वार्षिकोत्सवमा केसीले अनुसन्धान तथा अनुगमन निर्देशनालय लगायतका अन्य अनुसन्धान केन्द्र हाजिर मात्र गर्ने निकायको रूपमा रहिआएको विद्यमान परिस्थितिको अन्त्य गरिने बताए ।
उनले आफू अनुसन्धान केन्द्रको विघटनको पक्षमा नरहेको पनि बताए ।
‘अनुसन्धानमा संलग्न नहुने शिक्षकहरूको नाम पठाउनुहोस्, तुरुन्तै सरुवा गर्छौं,’ उनले भने ।
शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)का कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरले सेरिडलाई थप व्यवस्थित र क्रियाशील बनाइरहेको बताए ।
६ वटा विभिन्न अनुसन्धान परियोजना संचालन भइरहेको उनले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4