+
+
Shares

गगन नेतृत्वको कांग्रेस पदाधिकारी पनि धर्नामा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १७:५९

२ माघ, काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका पदाधिकारीहरू आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्नामा बसेका छन् ।

उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय डा. डिला संग्रौला र फरमुल्लाह मन्सुर आयोग परिसरमा धर्नामा बसेका हुन् ।

आयोगअगाडि अहिले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस र गगन नेतृत्वको कांग्रेस आमनेसामने छन् । पार्टीको आधिकारिकतालाई लिएर दुवै पक्ष नाराबाजीमा उत्रिएको छ ।

गगन नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू शुक्रबार दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसिरहेका थिए भने देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू ढिलो गरी निर्वाचन आयोग परिसर पुगेर धर्नामा बसेका थिए ।

देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?