+
+
Shares

निर्वाचन आयोग परिसरमा सुरक्षा तैनाथी बढाइयो (तस्वीरहरू)

दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो । आयोग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २ गते १९:२८

२ माघ, काठमाडौं । निर्वाचन आयोग अगाडि सुरक्षा तैनाथी बढाइएको छ । निर्वाचन आयोग अगाडि नेपाली कांग्रेसका दुवै पक्ष पार्टीको आधिकारिताको निर्णय कुरेर बस्दा भिड बढेको छ ।

दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो । आयोग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पार्टीको आधिकारिकतालाई लिएर दुई पक्ष आज दिनभरि आयोग कार्यालय अगाडि नाराबाजीमा उत्रिएको थिए । गगन थापा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू दिउँसोदेखि नै आयोग परिसरमा धर्नामा बसेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यकर्ताहरू पनि निर्वाचन आयोग पुगेर धर्ना दिँदा दुवै पक्ष आमनेसामने भएका थिए ।

थापा नेतृत्वको कांग्रेस हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिता दिन माग गर्दै आयोग पुगेको छ भने देउवा नेतृत्वको कांग्रेस पार्टीको कुनै

विशेष महाधिवेशन नभएको भन्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउँदै पुगेको छ ।

दुवैले विवरण अध्यावधिक गर्न आयोगसमक्ष निवेदन पनि दिएका छन् । आजैमात्र दुवै समूहले आयोगका पदाधिकारीसँग छलफल पनि गरेका थिए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?